१९ पुष, रोशन पोखरेल बिराटनगर। मोरङको विराटचोकमा हुने कोटिहोम एवं धान्याचल माहायज्ञको शुभसाइतको लागि आज वृहत् कलशयात्रा गरिएको छ । गौरीशंकरजी मन्दिरको पुण्यभूमिको आसपासमा यही पुस २० गतेदेखि माघ ५ गतेसम्म हुने कोटिहोम एवम् धान्याचल महायज्ञका लागि विशाल कलशयात्रा गरिएको हो ।

कलशयात्रामा हजारौँ नगरवासी सहभागी थिए । कोटिहोम हुने स्थानको प्राङ्गणबाट सुरु भएको कलशयात्रा नगरको कालीमन्दिर, भुल्के मन्दिर हुँदै विभिन्न स्थानको परिक्रमा गर्दै नौमती बाजाको साथमा झाँकीसमेत प्रदर्शन गरिएको थियो । धान्याचल महायज्ञमा १ करोड २५ लाख श्री गायत्री मन्त्रद्वारा होम गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia