kamdhenu sadharan sabha sitaram

२२ पुष, इटहरी। कामधेनु दुग्ध उत्पादक सहकारी संस्था इटहरी तरहराको १७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी भौतिक पूर्वाधार निर्माण तथा यातायात राज्यमन्त्री सीताराम मेहेताले उद्घाटनपछि बोल्दै दुग्धजन्य पशुपालक किसानहरुलाई सङ्गठित तुल्याई उनीहरुलाई आर्थिक रुपमा सम्पन्न पार्नका लागि नीजि क्षेत्रबाट भएको गतिलो उदाहरण बन्न पुगेको कामधेनु दुग्ध उत्पादक सहकारी संस्थालाई राज्यले उदारणका रुपमा लिनु पर्ने कुरामा जोड दिएका थिए ।

मेहताले पूर्वी नेपालको तराई र पहाडका हजारौ किसानहरुलाई सङ्गठित गरेर राज्यले समेत गर्न नसकेको उदाहरणीय कार्य मार्फत किसानहरुका आर्थिकस्तर माथि उठाउन कामधेनुले गरेको प्रयत्न प्रशंसनीय रहेको पनि बताए । साधारणसभाको अवसरमा कामधेनु दुग्ध उत्पादक सहकारीमा कार्यरत बजार ब्यवस्थापन क्षेत्र तथा नियमित दुध ल्याउने र उत्कृष्ठ कार्य गर्ने कर्मचारी तथा किसान, शेयर सदस्य प्रतिनिधिहरुलाई जनही २ हजार नगद सहित ३८ जनालाई प्रसंसा तथा सम्मान समेत गरेको थियो  ।

साधारसभामा संस्थाका अध्यक्ष टीकाप्रसाद ओझाले लाखै किसानहरु समेटिएको कामधेनुले अहिलेसम्म आई पुग्दा ३३ करोड ९७ लाख ५० हजार बढिको दुग्धजन्य बस्तुको विक्री वितरणबाट आर्थिक कारोवार गरेको र त्यस अवधिमा ३१ करोड ५ लाख ४५ हजार रुपियाँको खरिद कारोवार गरेको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ  । सोही कार्यक्रममा संस्थाले चाँडै नै खुल्ला स्थानमा उद्योग सञ्चालनमा ल्याउने तयारी गरिरहेको र त्यसका लागि आर्थिक ब्यवस्थापनतिर ध्यान दिई रहेको पनि शेयर सदस्यमाझ नयाँ कार्यक्रम प्रस्तुत गरिएको छ । कार्यक्रममा क्षेत्रीय पशु सेवा निर्देशनालयका प्रमुख डा मणिकुमार श्रेष्ठ घनश्याम खतिवडा डा. सुशिल अधिकारी घनश्याम ढकाल, दामोदर कोईराला कृष्ण अधिकारी खेमराज दाहाल लगायतले बोलेका  थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia