2
माघ १२ इनरुवा /सुनसरी इनरुवाको अति दुर्घटना ग्रस्त क्षेत्र मानिने पूर्व पश्चिम राजमार्ग अन्र्तगत मधेशा गाविसमा पर्ने भोटेपुल आसपास सडक किनारमा श्रीमद् भागवत पुराणको  आयोजना गर्न लागिएको छ । सडक दुर्घटनामा परी ज्यान गुमाउने मृतजनको आत्माको शान्तिको कामना गर्दै पितृहरुको उद्धारका साथै सवारी दुर्घटना न्यूनिकरणको उद्येश्यसाथ नमूना भजन किर्तन समूह इनरुवा ३ सुनसरीले एक दिवशिय भागवत पुराणको आयोजना गर्न लागेको हो ।

सडकमै आयोजना हुने भागवद पुराणमा वेद र रुद्री पाठका साथै लक्षवर्तीका प्रज्वलन गरिने छ । संस्थाकी अध्यक्ष तारा सुवेदीका अनुसार सो क्षेत्रका अत्याधिक सडक दुर्घटना बढेको र मानविय क्षतिलाई मध्यनजर गर्दै पुराण आयोजना गर्न लागिएको हो । पुराणको आयोजनाकालागि सबैको साथ र सहयोगको पहल अघि बढाइएको स्थानीय युवा मनोज निरौलाले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia