काठमाडौं, २३ माघ । खानेपानी मन्त्रालयले ३१ करोड रुपैयाँ नदिए केही सातापछि नै काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी दिएको छ । शुक्रबार व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले यस्तो चेतावनी दिएका हुन् ।

पाइप बिछ्याउँदा र अन्य कार्य गर्दा पानीको पाइप काटिएको भन्दै ३१ करोड रुपैयाँ नदिए केही सातापछि नै उपत्यकामा खानेपानीको हाहाकार हुने उनले बताए ।

पाइप बिछ्याउँदा खनिएको सडकले १० देखि १५ प्रतिशत मात्र धुलो थपेको दाबी गर्दै उनले सडक भत्काएर विभिन्न काम गर्ने निकायले पानीको पाइप टुटाएको र टुटेको पाइप मर्मतका लागि करिब ३१ करोड रुपैयाँ खर्चिनुपरेको बताए ।

‘पाइप मर्मतका लागि सात दिनभित्र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई पैसा नदिए सुख्खा मौसममा उपत्यकामा पानी उपलब्ध गराउन सकिँदैन’, उनले चेतावनी दिए ।आजको नागरिक दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia