काठमाडौं, फागुन / प्रधानमन्त्री पुष्पकमल दाहालले वातावरण मन्त्रालयको प्रस्तावविपरीत गिट्टी, ढुंगा र बालुवालगायतको निर्माण सामाग्री भारत निकासी फुकुवा गर्न दबाब दिएका छन् । क्रसर, गिट्टी, ढुंगा र बालुवा व्यवसायीको प्रलोभवनमा परेर प्रधानमन्त्री दाहालले चुरे क्षेत्रबाटै उत्खनन् गरी नदीजन्य पदार्थ निकासी फुकुवा गर्ने अन्तिम गृहकार्य गरेका हुन ।
वातावरणले खोला–नदीको किनार, राजमार्ग, पुल, मठ मन्दिर, सम्पदा, निकुञ्ज–आरक्षलगायतको ५ सय मिटरसम्म क्रसर सञ्चालनका साथै गिट्टी, ढुंगा र बालुवा संकलन गर्न दिन नमिल्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री दाहालले ५० मिटर मात्र कायम गरेर निर्णय गराउन दबाब दिएका छन् । व्यवसायीहरुले मुलुक भित्रै पनि निर्माण सामाग्रीको अभाव भएको भन्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीलाईसमेत प्रभावमा पारी आफ्नो पक्षमा प्रस्ताव लैजाने वातावरण तयार गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।








