४ फाल्गुन, काठमाडौँ। मोबाइल सेवा प्रदायक संस्था एनसेलले आजदेखि निःशुल्क फेसबुक सेवा सुरु गरेको छ । एनसेलले टेक्सट भर्जन र फोटो अपलोड, लाइक, पोष्ट तथा सेयर निःशुल्क गराएको हो । फेसबुकसँगको सहकार्यमा सुरु भएको यो सेवा मोबाइल डाटा चल्ने सबै फोनहरुमा काम गर्छ । एन्ड्रोइड स्मार्टफोनमा फेसबुकको एपमा गई गो टु फ्रि मोडमा क्लिक गरेपछि निःशुल्क फेसबुक चलाउन सकिन्छ ।
फेसबुक म्यासेन्जरमा भने यो सुविधा उपलब्ध छैन । फेसबुक अकाउन्टमा देखिने फ्रि मोडमा क्लिक गरी फेसबुक निःशुल्क चलाउन सकिन्छ । फोटो र भिडियोहरु हेर्दा भने नियमित शुल्क लाग्नेछ । डाटा मोडमा डाटा प्याकबाट भोल्यूम काटिन्छ वा डाटा प्याक नलिएको खण्डमा ट्यारिफ अनुरुप शुल्क लाग्नेछ ।








