Honymoonविवाहको दिनलाई सम्भवतः मानिसको जीवनकै सबैभन्दा सुखद दिन मानिन्छ, तर अघिकांश जोडीका लागि यो दिनको ‘पूर्ण र उत्तम’ अन्त्य हुँदैन । हो, भर्खरै गरिएको एउटा सर्वेक्षणमा अधिकांश नवजोडीले विवाहको रात सुहागरात मनाउन सक्दैनन् । सर्वेक्षणको परिणामका अनुसार विवाहको दिन बेहुला रक्सी र जाँडले लट्ठ हुने भएकै कारण उनीहरू विवाहपछिको पहिलो यौन सम्बन्ध स्थापित गर्न असफल हुन्छन् ।बेहुली निदाउनु र भोजमा हुने बहस आदिका कारण पनि यी जोडीहरूले यौन सम्पर्क गर्न नसक्ने बताइएको छ । बेलायतमा सञ्चालित यो सर्वेक्षणमा गएको तीन वर्षमा विवाह गरेका २ हजार १ सय ३८ जना मानिसलाई प्रश्न सोधिएको थियो । उनीहरूमध्ये आधाभन्दा बढी यानि ५२ प्रतिशतले विवाहको राति सेक्स गर्न नपाएको बताएका छन् । त्यसैगरी, १७ प्रतिशतले सेक्सका लागि विवाह समारोहपछि तीन दिनसम्म कुर्नुपरेको बताए ।विवाहको राति सुहागरात मनाउन नपाएकामध्ये २४ प्रतिशतले यसको कारण बेहुला रक्सीमा मस्त भएको बताएका छन् । १६ प्रतिशतले बेहुली निकै थकित भएको र निदाएको कारण सेक्स गर्न नपाएको बताए भने १३ प्रतिशतले बेहुली रक्सीमा लट्ठ भएको कारण बताए । त्यसैगरी, ४ प्रतिशत विवाहमा बेहुला निदाएको बताएका छन् ।११ प्रतिशतले सन्तानको ख्याल गर्नुपरेका कारण सुहागरात मनाउन नपाएको र ९ प्रतिशतले विवाह भोजमा भएको विवादका कारण यस्तो गर्न नपाएको बताए । त्यसैगरी, ९ प्रतिशतले विवाहको रात हनिमुन गन्तव्यको यात्रामै बिताएको बताएका छन्, जबकि सात प्रतिशतले रातभर पाहुनासँग पार्टीमै रमाएको उल्लेख गरेका छन् ।यो सर्वेक्षण गर्ने भौचर कोड्स प्रोका बजार निर्देशक जर्ज चाल्र्सले भने, ‘विवाहको रात सुहागरात मनाइन्छ भन्ने तथ्य बिस्तारै विस्थापित हुँदै गएको छ ।’ ‘तनाव र दबाबका कारण त्यो दिन विवाह नै मुख्य प्राथमिकतामा पर्ने गरेको हुन सक्छ । अर्को कुरा अधिकांश जोडी विवाहअघि नै वर्षौंदेखि सँगै बस्दै आएका कारण सेक्सप्रति रुचि घटेको हुन सक्छ,’ उनले अगाडि थपे । राजधानी दैनिकबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia