इनरुवा चैत्र २५/विश्व स्वास्थ्य दिवस सुनसरीमा समेत विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
उदाशिनताबारे खुलेर कुरा गरौं भन्ने नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाहरुको उपस्थितीमा दिवसबारे अन्र्तकृयाको आयोजना गरेको हो ।
मानव स्वस्थ्य रहन उसको मस्तिष्क स्वस्थ्य रहनु जरुरी हुने हुँदा मनका कुरा गुम्साएर राख्न नहुने कुरामा कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए ।
हाँसोसँगै खानपान र नियमित व्यायाममा ध्यान दिन सके स्वस्थ र दीर्घजीवन प्राप्त हुने भएकाले जिल्ला स्वास्थ्य प्रमुख मुकुन्द गौतम सबैले आफुबाटै सुरुवात गर्न जरुरी रहेको धारणा राख्नु भयो ।
अन्र्तकृया पश्चात सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने सहितको टोलीले अस्पतालमा उपचाररत विरामीहरुलाई भेटर स्वास्थ्य अवस्था बारे जानकारी लिनुका साथै फलफुल समेत वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia