काठमाडौं, १९ जेठ । रुकुमको बाँफिकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले जनयुद्धका क्रममा सञ्चालित माओवादी जनसत्ताका लिखतलाई मान्यता दिने निर्णय गरेको छ । बुधबार बसेको बैठकले त्यतिबेला गरिएका घरजग्गा रजिस्ट्रेसनका कारण स्थानीयले दुःख पाएको भन्दै त्यसलाई मान्यता दिन आवश्यक प्रक्रिया पूरा गर्ने निर्णय गरेको हो ।

अध्यक्ष धर्मबहादुर केसीले गाउँपालिकामा त्यस्ता लिखत कति र कस्तो अवस्थामा छन् । तिनको लगत संकलन गरी विश्लेषणपश्चात आवश्यक कानुन, नीति र विधि बनाएर टुंग्याउने निर्णय भएको बताए ।

साबिकका पीपल, बाँफिकोट र मग्मा गाविसका ७ वडा, दुली गाविसका ३ वडा तथा झुला गाविस गाभेर बाँफिकोट गाउँपालिका बनाइएको छ । गाउँपालिकाभरिबाट १ सय ६७ कित्ता घरजग्गा त्यो बेला किनबेच भएको थियो ।

‘किनबेच भएको १ सय ६७ कित्तामध्ये केही समाधान भइसकेको जानकारीमा आएको छ,’ अध्यक्ष केसीले भने, ‘बाँकी रहेको सबैलाई आवश्यक कानुन निर्माण गरी हल गर्ने गरी सबै सहमत भएका छौं ।’आजको कान्तिपुरमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia