२१ असार, दिलिप साह राजविराज । बिद्यालय निरिक्षक तथा श्रोत ब्यक्तिहरुको क्षमता अभिवृद्धिको लागि सबल नेपालद्धारा संचालित तालिमको बुधवार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

गत मंगलवार देखि संचालित उक्त तालिममा हिंसाका किसिम प्रकार, बिद्यालयमा लैगिंक हिंसा, राम्रा छुवाई तथा नराम्रा छुवाई, किशोरीमा आधारित हिंसामा शिक्षक तथा श्रोत ब्यक्तिको भुमिका, बाल बिवाह बारे जानकारी तथा यसले निमत्याउने परिणाम र बाल बिवाह अन्तयका लागि शिक्षक र श्रोत ब्यक्तिको भुमिका लगायतको बिषयमा सहजकर्ता रेष्टलेष्ट डेभोलोपमेन्टका बरिष्ट कार्यक्रम अधिकृत सुजात श्रमनार र रेष्टलेशकै कार्यक्रम एशोसिएट धिरेन्द्र चौधरीले सहजिकरण गर्नु भएको थियो ।

अन्तरकृया मार्फतको शिक्षण सिकाईलाई अझ राम्रो बनाउन ज्ञान र सिप प्रदान गर्ने तथा शिक्षकहरुको किशोरीमा आधारित हिंसाका बारेमा अझ बढी जानकार बनाउने तथा आएका समस्याहरुमा उहाँहरुको भुमिका तथा समाधानको तरिका बारे जानकार बनाउने मुख्य उद्धेश्यका साथ संचालित उक्त तालिममा जिल्लाका सम्पुर्ण श्रोत ब्यक्ति तथा बिद्यालय निरिक्षकको उपस्थिती रहेको थियो ।

तालिमको बुधवार सम्पन्न समापन कार्यक्रममा जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको प्रमुख अतिथ्यतामा तथा सबल नेपालका अध्यक्ष जुना गिरीको प्रमुख आतिथ्यतामा सम्पनन भएको थियो भने कार्यक्रमको संचालन सबल नेपालका सम्भव परियोजनाका कार्यक्रम अधिकृत नविन यादवले संचालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia