इनरुवा असार २६/सरकारले सार्वजनिक स्थानहरुमा सूर्तिजन्य पदार्थको विक्री वितरण गर्न नपाइने नियम तोकेको छ । यद्यपी बेलाबखत हुने अनुगमनको समय बाहेक निर्वाध रुपमा हुने विक्री वितरणमा रोक लगाउन सरोकारवालाहरुको प्रयास सार्थक देखिदैन् । बेलाबखतको अनुगमन र नियम पालनाकालागि सचेतना मात्रले नियन्त्रण र नियमन असम्भव रहेको निष्कर्श सहित सरोकारवालाहरुको सहकार्यको खाँचोमा जोड दिइएको छ ।


जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले इनरुवामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरी सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन तथा निर्देशिका कार्यान्वयनमा सहकार्य खाँचो अौल्याएको हो । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतमले नियन्त्रण र नियमनको प्रभावकारीताकालागि सरोकारवालाहरुको साथ र सहयोग जुटाउन कार्यक्रमको आयोजना गरिएको बताए ।


स्वास्थ्य प्रमुख गौतमले सरोकारवालाहरुको साथ जुटाएर सूर्तिजन्य पदार्थ सम्वन्धित ऐन कार्यान्वयनमा लैजाने बताए । जनस्वास्थ्य नीरिक्षक गजेन्द्र यादवका अनुसार सार्वजनिक स्थानहरुमा हुँदै आएको सूर्तिजन्य पदार्थको खुल्ला बिक्री नियन्त्रण र उपभोगबाट हुने असर बारेको सचेतनासँगै सरकारी मापदण्डको प्रभावकारी कार्यान्वयनलाई अघि बढाइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia