असार २७ इनरुवा /विश्व जनसंख्या दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले अन्र्तकृयाको आयोजना गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतम, महिला तथा बालबालिका कार्यालय प्रमुख निर्जला अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका सहभागिहरुले जनसंख्याको समूचित व्यवस्थापन गर्न सक्नुनै आजको प्रमुख आवश्यक्ता रहेको धारणा राखे । शिक्षा,स्वास्थ्य,खाद्य उपभोग जस्ता अत्यावश्यकिय कुरालाई ध्यानमा राख्दै भएको जनसंख्याको समूचित व्यवस्थापन र वृद्धिदरलाई सन्तुलित तुल्याउन सचेतना लगायतका विषयमा सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुनेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए ।









