भोला पासवान, सुनसरी। थोरै मात्र खेतबारी भएकी भोलवीदेवी सरदार र उनको श्रमिानकोे लागि अरूको काम गरेर ८जनाको परिवारको पालनपोषणमा समस्या हुँदा उनलाई अरुसँग ऋण लिनुको विकल्प थिएन । मिठो खाने र राम्रो लुगा लगाउने रहर हुँदाहुदै पनि आर्थिक विवशताको कारण मनको ईच्छालाई मनमै राख्नु पर्ने बाध्यता थियो उनको । तर अहिले समय फेरिएको छ ।
सप्तकोशी सामुदायिक संस्था वराह नपा—११( साविक मधुवन ९) आवद्धभई घुम्ती कोष परिचालन गरी व्यवसायिक रुपमा गुन्द्रीको व्यपार गर्न थालेपछि समय फेरिएको हो । ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) दुहबी ३ सुनसरीले गरिबी निवारण कोष तहाचल काठमाण्डौंको सहयोगमा संञ्चालित गरिवी न्यूनीकरण कार्यक्रम अन्तर्गत सामुदायिक संस्थामार्फत सहयोग गरेपछि उनीहरुको आयआर्जनको थप स्रोत जुटेको हो । २०७२ साल जेष्ठ २६ गते गठन भएको उक्त सामुदायिक संस्थामा २५ जना महिला आवद्ध छिन् । १२ जना सरदार,३ जना उराव,५ जना सदा,२ जना मंण्डल र ३ जना मुश्लिम उक्त सामुदायिक संस्थामा आबद्ध छन् ।
‘संस्थामा आवद्धभएपछि हामीहरुले सुरुमा मासिक ५० रुपैया बचत राख्यौं’ संस्थाकी अध्यक्ष समेत रहेकी भोलवीदेवी सरदारले भनिन् ‘ अहिले मासिक सय रुपैया बचत गर्छौ ।’ गरिबी निवारण कार्यक्रम अन्तर्गत फरवार्ड संस्थाले संस्थामा २ लाख ७० हजार रकम दिएपछि त्यही रकम संस्थामा आवद्ध सदस्यहरुले घुम्ती कोषको रुपमा उपयोग गर्छन । अहिले कोषबाट १० जना सदस्यले घुम्ती कोष लिएर विभिन्न व्यवसायिक काम गरेर आय आर्जन गरीरहेको छ । संस्थाकी सचिव सवनम चौधरीका अनुसार मञ्जुदेवी मण्डल,सरितादेवी चौधरी,चानोदेवी उराव छेदादेवी उराव गरि ४ जनाले माछा पालन,रेश्की सरदारले बाख्रा पालन,सिन्दुदेवी मण्डलले किराना पसल,नविता खातुनले मोनिदा खातुनले पनि २० हजार रुपैया कोषबाट लिएर साना व्यवसाय गरेर आर्थिकउपार्जन गर्दैछिन् ।
‘ विगतमा गुजाराको लागि कठिन परिश्रम गर्नु परेपनि समस्या हुनेगरेको थियो तर कोषबाट सजिलो रुपमा व्यवसाय गर्न रकम प्राप्त गरेपछि सजिलो भएको छ । सचिव सवनम चौधरीले भनिन्—‘ आर्थिक स्तरमा आएको सुधारका कारण बालबच्चाहरूलाई लालनपालन गर्नुका साथै छोरीलाई शिक्षामो जोड लगाउन पनि सहज भएको छ । ’ सानो पूँजीबाट प्राप्त सफलताबाट खुशी हुँदै अर्का सदस्य मञ्जुदेवी मण्डलले भनिन् “गरिवि निवारण कोषको कार्यक्रम मेरो जीवनमा परिवर्तन ल्याउनमा बरदान नै सावित भएको छ । ”
फरवार्डका समाजिक परिचालक गोपी यादबले घुम्तीकोष परिचालनले महिलाहरुको आर्थिक उन्नतीका साथै समाजिक रुपमा समेत विकास भएको बताउनु हुन्छ । ‘ समाजिक परिचालक यादब भन्छन् —‘ गाउँमा बाहिरबाट कोही नयाँ अनुहार आउन वित्तकै भाग्ने महिलाहरु अहिले जोसंग पनि आफनो उन्नती र प्रगतिका विषयमा छलफल गर्न सक्ने भएका छन् ,यो ठूलो समाजिक परिवर्तन हो ।’









