भोला पासवान, सुनसरी। सुनसरीको कोशी गाउँपालिका (साविक हरिपुर गाविस—२) स्थित सदा टोलमा २०७२ फागुनमा गठित दिनाभद्री सामुदायिक संस्थामा आवद्घ रेणुदेवी सदाले गाई पालन गरेर वार्षिक ४० हजार भन्दा बढी आयआर्जन गर्ने गरेकीछिन् । सामुदायिक संस्थाबाट २५ हजार ऋण लिई गाईपालन गरेर उनले आय आर्जन गर्न थालेकी हुन । उनी जस्तै ११ जनाले मुसहर समुदायका महिलाहरु समेतले गाईपालन गरेर आर्थिक उन्नती गरिरहेकी छिन् ।

रेणुदेवी सदाले भनिन् ‘ मेरो सफलतामा गरिवी निवारण कोषको ठूलो सहयोग छ । गाउँ घरमा हजार रुपैया ऋण लिन पनि हामीलाई पत्यादैनने तर कोषबाट रकम लिएर हामी गाई पालन गरीरहेका छौं । स्थानिय स्तरमा पूँजी र सही दिशा निर्देशन उपलब्ध भएमा स्थानिय स्तरमा गरिबहरुले पनि केही गरेर देखाउन सक्छ भन्ने कुरा यो टोलको महिलाहरुले प्रमाणित गरेको छ । २६ जना मुसहर समुदायका महिला आवद्ध रहेको सामुदायिक संस्थामा गाउँको मुहार फेर्न दलित पनि सक्षम रहेको कुरा प्रमाणित गरेकी चानो देवी राम आफू तथा आफ्नो परिवारले विगतमा गुजाराको लागि कठिन ज्यालामजदूरी गर्नबाट मुक्ति प्राप्त गरेको समेत बताउछिन । २ लाख ९० हजार कोषबाट सुरुमा ११ जना महिलाले गाईपालन र एक जना महिलाले भैसी पालन गर्न ऋण लिएकीछिन् ।

मुसहर समुदायमा कोष परिचालनले आर्थिक स्तरमा आएको सुधारका कारण उनीहरुले बालबालिकालाई विद्यालय पठाउनुका साथै समुदायमा उनीप्रति गरिने व्यवहारमा समेत परिवर्तन आएको अगनीयादेवी सदाले भनाई छ । उनी थपछिन् “एक छाक खाई गुजारा गर्नुपर्ने बाध्यताबाट अब मुक्ति मिल्नुका साथै साहूँ महाजनबाट चर्को ब्याजदरमा ऋण लिनु पर्ने बाध्यता हटदै गईरहेको छ” । फरवार्डका समाजिक परिचालक गोपी यादबलका अनुसार सुरुमा गाविसस्तरीय परिचयात्मक गोष्ठी गरिन्छ । उक्त गोष्ठीबाट समाजिक आर्थिक रुपले विपन्न वार्ड छनोट गरिन्छ । त्यसपछि वडास्तरीय भेलाबाट टोल छनोट गरि सामाजिक तथा स्रोत नक्सा र घरधुरी स्तरीकरण सर्वेक्षण फारम मार्फत सूचना संकलन र विश्लेषण गरि अति गरिब वर्गमा(क) समूहलाई पहिलो प्राथमिकतामा राखेर टोल र बस्ती छनोट गरिन्छ । त्यो बस्तीमा सामुदायिक संस्था गठन गरेर गरिवी न्यूनीकरणको लागि कार्यक्रम संचालन हुन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia