२ साउन, धरान । सुनसरीको धरान स्थित पिण्डेश्वर मन्दिरमा श्रावणको पहिलो सोमबार श्रद्धालुहरुको भुइचो लागेको छ । झापाको अर्जुनधारा , खोटाङको हलेसी लगायतका शिवालयहरुमा विहानै देखी श्रद्धालुहरुको घुइचो लागेको हो। धरानको विजयपुर अर्थात रुद्राक्ष क्षेत्रमा रहेको पिण्डेश्वर मन्दिरमा साउन को सोमबार कौशीकी नदी अर्थात सप्तकोशी नदिको जल ल्याएर चढाउने परंम्परा छ । पहेलो वस्त्र अर्थात गेरु वस्त्र धारण गरी सप्तकोशी नदिको जल ल्याएर पिण्डेश्वर वावाको मन्दिरमा चढाउदा मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास रहेको छ ।

साउन महिना भर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पुरा हुने विश्वासका कारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउ लगायत भारतको विहार, पश्चिम वंगालको ,दार्जिलिङ, खर्साङ, सिक्किम लगायतका स्थानवाट पनी भत्तजनहरु आउने गरेको पिन्डेश्वर वावाधाम समितिका सचिव जयन्त गौतमले बताए ।

भगवान शिवले समुद्र मन्थन गरेर निस्कीएको अमृतको मुख्य पिण्डनै धरानको यो विजयपुर रुद्रक्षमय पिण्डेश्वर वावा धाम हो भन्ने विश्वास हिन्दु धर्मग्रन्थमा उल्लेख छ । त्यसैले पनि यो विण्डेश्वर वावाधाम प्रति हिन्दुधर्मावलम्वीहरुमा ठुलो विश्वास छ । त्यसैले सुनसरीको चतरा नजिकैको सप्तकोशी  नदीवाट खाली खुटटा पैदल हिडेर यहा साउन महिनाको सोमवार जल चढाउनेहरुको ओईरो लाग्ने गर्दछ । यसको लागि पिण्डेश्वर वावाधाम समितिले धर्मावलम्वीहरुलाई सहज तरिकाले दर्शन गर्न र जल चढाउन सकुन भनेर यो पटक भने विभिन्न सेवा सुविधाहरु पनि उपल्वध गराएको छ ।

भत्तजनका लागि वावाधाम समितिले खानेपानीको व्यास्था र टेलीफोन सुविधा लगायतका विभिन्न सुविधाहरु समेत प्रदान गर्ने वताइएको छ । यो वोलवंम धार्मिक मेलाले धरानको धार्मिक पर्यटन प्रर्वद्धनमा समेत निक्कै ठुलो महत्व वोकेको छ । आइतबार धर्मालम्बीले गेरु वस्त्र धारण गरी खाली खुट्टा सुनसरीको चतरास्थित सप्तकोशी वाट जल ल्याई धरानस्थित रहेको पिण्डेश्वर बाबाधामको शिवलिंगमा चढाउने परम्परा रहेको छ । चतरा वाट १६ किलो मिटर लामो यात्रा खाली खुट्टा गेरु बस्त्र धराण गरि भक्तजन हरु बोलबमका नारा लगाउैे पिण्डेश्वर मन्दीरमा जल ल्याएर चढाउने गर्दछन् । २०३९ सालमा धरानका केही मानिसहरुले चतराबाट जल ल्याई पिण्डेश्वर मन्दिरमा चढाउन प्रारम्भ गरिएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia