४ साउन, लम्की। कैलालीको लम्की चुहा नगरपालीका वडा नम्बर ३ का जननिर्वाचित वडा सदस्य प्रेम बहादुर चौधरीको घरमा अज्ञात समूहले आगजनी गरेका छन् । राति करीब ९ बजे बल्चौर स्थित मुक्त कमैया बस्तीमा रहेको चौधरीको घरमा अज्ञात समूहले आगो लगाएका हुन् ।

आगलागीमा घर पूर्ण रुपमा जलेको छ भने घरभित्र रहेको अन्नपात, भान्साका सामानलगायत नष्ट भएका छन् ।रातिको समयमा एक्कासी चौधरीको घरमा आगो लागेपछि प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

आगो कसरी लाग्यो वा कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक धनबहादुर बाहोराले बताए ।चौधरी भर्खरै सम्पन्न स्थानिय तह दोस्रो चरणको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको वडा नम्बर ३ बाट नेपाली काग्रेसबाट निर्बाचित वडा सदस्य हुन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia