१० साउन, इनरुवा। जिल्ला कृषि विकास कार्यालय सुनसरीले किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफुल बिक्री वितरण गर्नका क्रेट वितरण गरेको छ । तर सो क्रेट भारतीय व्यापारीहरुले तरकारी तथा फलफुल वितरण गर्न नेपाल ल्याएका पुराना र थोत्रा क्रेट खरीद गरी किसानहरुलाइ ७५ प्रतिशत छुटमा वितरण गरेको पाइएको छ ।

नयाँ क्रेटको ठाउँमा पुरानो क्रेटलाई जिल्ला कृषि विकास कार्यालयले नयाँ क्रेट हो भनी किसानहरुलाई दिउँसो नै आखाँमा छारो हाल्ने काम गरी रहेको बर्जु गाउपालिका वडा नं ६ चिमडिका स्थानिय कृषक लालचन्द विश्बास ले गुनासो पोखेका छन् । क्रेट वितरणका लागी झण्डै २ लाख रुपैँया कृषि कार्यालयले विनयोजन गरेपनि किसानहरुलाई पुरानै क्रेटमा चित बुझाउँनु परेको छ ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीले किसानहरुलाई वितरण गर्न लागेको क्रेट खरीद कार्यमा अन्यमितता गरी गुणस्तरहीन क्रेट खरीद गरी वितरण गरेको छ । तरपनि जिल्ला कृषि विकास कार्यालय सुनसरीले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई दिन लागेको क्रेटको मुल्य किसानहरु सँग प्रति गोटा क्रेटको मुल्य १ सय रुपैँया लिएको बर्जु गाउँपालिकाका कृषक धनीराम पालले बताए ।

यता स्थानिय कृषकहरुले बताएअनुसार कृषिले जिल्लाका किसानहरुलाई सहज सेवा दिनुपर्ने ठाउँमा दुःख दायी सेवा प्रदान गरीरहेको भोक्राहाका अगुवा कृषक दुर्गानन्द यादवले बताए ।यादवले बताएअनुसार मैले कृषि समुह दर्ता गरेको झण्डै ८ वर्ष भएपनि जिल्ला कृषि विकास कार्यालय बाट कुनै अनुदान नपाएको बताए । यादव उदाहरण मात्र हो, सुनसरीका हजारौ किसानहरु कृषि कार्यालयले दिने सेवाबाट बेखवर रहेका छन् । कृषि क्षेत्रमा नै सुनसरीका किसानहरु आश्रित भएपनि किसानहरुलाई पहुँच नभएको कारण कृषि कार्यालय बाट पहुच भएका कृषक समुह र कृषि सहकारीका अध्यक्षहरुले मात्र कृषिको सेवा सुविधाहरु उपभोग गर्दे आईरहेको श्रीपुरका कृषक मनोज यादवले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia