१३ साउन, इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरी बाट गत आर्थिक वर्ष २०७३÷०७४ को साउन मसान्त सम्मामा लगभग १२ हजार युवाले राहदानी बनाएको जिप्रका सुनसरीले जनाएको छ।

पछिल्लो समय युवाहरुको बैदेशिक रोजगारी तर्फको आकर्षण बढ्दै गइरहेको कारणले सुनसरीका युवाहरुले राहदानी बनाई बैदेशिक रोजगारी तथा बिदेश भ्रमण र अध्ययनका लागि बिदेश तर्फ प्रस्थान गर्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयले दिएको जानकारी अनुसार सुनसरी बाट गत आर्थिक वर्ष २०७३ को साउन १ गते देखी ०७४ को असार ३१ गते सम्ममा नियमित तर्फ ९ हजार ३ सय ३८ जना व्यक्ति र द्रुत तर्फ २ हजार तिन सय १७ जना व्यक्ति बिदेशीएको जिप्रका सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia