इटहरी । नेपाली काँग्रेस इटहरी उपमहानगरपालिका वडा नं.२० को आयोजनामा तरहराको रुद्राक्ष पाटी प्यालेसमा भएको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा बाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले नेपालका कुल एक बर्षको बजेट जति हुन्छ त्यही अनुपातमा नेपालले बाणिज्य क्षेत्रमा घाटा सहदै आउनु परेकाले अब आफु त्यो घाटा कसरी पूर्ति गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर नेपालको आर्थिक अवस्थामा सुधार ल्याउन लागी पर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

मन्त्री विश्वकर्माले धेरै मन्त्रीहरु देशको म्रन्त्री बन्नासाथ देश र जनताका लागि होईन आफु कसरी मजबुत तथा आर्थिक रुपले सबल हुने भनेर केन्द्रित हुने गरेको पाईएकाले आफु कुनै पनि हालतमा त्यो पक्षमा नरहने कसम खादै मन्त्री विश्वकर्माले जति दिन आफु यो देशको सरकारको मन्त्री रहन्छु्र त्यति दिन देश र जनताको बदनाम हुने काम नगर्ने घोषणा पनि गरे । यस जिल्लाबाट मेरो जातीय समुदायबाट नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य रहेको र पहिलो पटक सुनसरीबाट मन्त्री समेत भएकाले म कुनै पनि सर्तमा जातीय र नेकालाई बदनाम गर्ने पक्षमा उभिने छैन भन्दै मन्त्री विश्वकर्माले म जहाँ जान्छु र उभिन्छु त्यहाँ एउटा इमान्दार नेपाली अनि नेपाली काङ्ग्रेसको इमान्दार ब्यक्तिका रुपमा सङ्कल्पित रहने बताए ।

विश्वकर्माल धन्यवादका सन्देश आएको देख्दा भने मन्त्रालय साँच्चिकै राम्रो मन्त्रालय रहेछ भन्ने अनुभूति सङ्गाल्ने मौका पनि प्राप्त भएको तथा प्रधानमन्त्रीले पनि मान्छे चिनेरै मन्त्रालयको जिम्मा लगाएको पो हो कि भन्ने महसुस भई रहेको पनि मन्त्री विश्वकर्माको बताए । मन्त्री विश्वकर्माले म आफु यो मन्त्रालयका मन्त्री रहुञ्जेल प्रदेश नम्वर १ मा उत््रपादन हुने विशेष उत्पादनहरुलाई निर्यात योग्य बनाएर बिदेशी बजारमा उचित ढङ्गले निर्यात हुन सक्ने गरी बजार प्रवर्धनमा केन्द्रित रहनेछु भन्ने प्रतिबद्धता ब्यक्त गर्दै मन्त्रालयबाट यस कुरामा विशेष ध्यान दिन निर्देशन पनि दिईसकेको बताए ।

पूर्वी नेपालका किसानहरुले उत्पादन गर्दै आउनु भएको अदुवा, रुद्राक्ष अलैची अदुवा अकबरे, चिया कफि दुध लगायतका निर्यात प्रवर्धन गर्न सकिने बस्तुको स्तरीकरण एवम प्रशोधन गर्ने विषयमा विशेष ध्यान दिने कुरामा जोड दिनुहुँदै मन्त्री विश्वकर्माले देश किसान ब्यापारी लगायतले तिर्ने करको भरमा चल्ने भएकाले करदाताको सम्मान गर्ने गरी मन्त्रालयले नीति ल्याउन लागेको पनि जानकारी दिए । कार्यक्रममा मन्त्री विश्वकर्माले स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई बिजयी तुल्याउन सक्रिय योगदान पु¥याउनेहरुलाई सम्मानसँगै कदरपत्र समेत प्रदान गरेका थिए । कार्यक्रम विष्णुवहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia