मालपोत कार्यालय विराटनगरमा महिलाको नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेको संख्या उल्लेख्य रुपमा बढेर गएको छ । नेपाल सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिएपछि महिलाको नाममा जग्गा पास गराउनेको संख्यामा वृद्धि भएको मालपोत कार्यालय विराटनगरले जनाएको छ ।

आर्थिक बर्ष २०७३।०७४ मा  १२ हजार १ सय ११ जना महिलाले जग्गा पास गराउदा छुट पाएको मालपोत अधिकृत अधिकृत दाताराम घिमिरेले बताउनुभयो । यसैगरी अघिल्लो आर्थिक बर्ष २०७२।०७३ मा १० हजार ३ सय २८ जना महिलाले यो सुविधा प्राप्त गरेको कार्यालयले जनाएको छ  । नेपाल सरकारले जग्गा पास गर्दा  एकल महिलालाई ३५ प्रतिशत छुट दिदै आएको छ भने महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई २५ प्रतिशत  छुट दिने ब्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia