कास्की । फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ । फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित फेवाताल छानविन समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो ।
समितिले करिव ९ सय ५० जना ब्यक्तिको लालपुर्जा खारेज गर्न सिफरिस गरेको छ ।त्यसमध्ये ७ सय जनाको जमिन संरक्षणा क्षेत्रभित्र पर्ने समितिको तत्कालीन संयोजक लामिछानेले बताए ।
व्यक्तिका नाममा दर्ता भएको यो जमिन खारेज गर्न समितिले ०६९ जेठमा सरकारलार्इ सिफारिस गरे पनि चार वर्ष बितसक्दा पनि कार्यान्वयन हुन नसकेको लामिछानेको भनाइ छ ।अाजको नागरिक दैनिकमा खबर छ ।








