२२ साउन, प्रेम देवान विराटनगर। होलिल्याण्ड उच्च मा. वि विराटनगर १२ का संचालक तथा हिसान मोरङ्ग का सदस्य सुनिल कार्कीको निधन भएका कारण विराटनगर सम्पुर्ण कलेज एक दिनका लागी बन्द गरिएको छ । हिसान मोरङ्गले एक दिनका लागी विराटनगरका सम्पुर्ण कलेज बन्द गर्ने निर्णय गरेको हो।

शनिबार दिउँसो आफ्नै विद्यालयका सुरक्षा गार्ड बस्ने कोठामा मृत अवस्थमा फेला परेका थिए । विद्यालयका संस्थापक ३४ वर्षिया सुनिल कार्की पथरी शनिश्चरे घर भई हाल विराटनगर १० बस्दै आएका थिए ।

कार्की गत शुक्रबार देखि नै परिवारको सम्पर्क बाहिर रहेको परिवार स्रोतले जनाएको छ । निधन के कारणले भयो भन्ने बारेमा अहिलै नै केही भन्न नसकिने मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायक उपरिक्षक योगन्द्र सिह थापाले जानकारी दिए । मृतकको शरीरलाई कोशी अञ्चल अस्पतालमा पोष्टमार्टमको लागी पठाईएको छ। पोष्टमार्टको रिर्पोट आए पछि मात्र मृत्युको कारण पत्ता लाग्ने प्रवक्ता थापालेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia