२२ साउन, प्रतिक श्रेष्ठ बिराटनगर । कुनैपनी प्रकारका अचानक हुने दुर्घटनामा प्रहरीको पहिलो उपस्थीती हुने भएको भन्दै नोबेल मेडिकल कलेज बिराटनगर प्रहरीलाई तालिम दिएको छ ।

क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर रानिमा आयोजना भएको एक दिने उक्त कार्यक्रममा सर्पदंश, सवारी दुर्घटना र धड्कन रोकिएको बेला गरीने प्राथमिक उपचार पद्धति सिकाएका थिए । पछिल्लो समयम तराईका जिल्लाहरुमा सर्पको टोकाई बढेको र कुनैपनी स्थानमा हुनसक्ने दुर्घटनामा प्रहरीको भुमिका बृद्धि गराउन समेत कार्यक्रमले टेवा पुर्याएको नोबेल मेडिकल कलेजका डा. बिजय केसिले बताए ।

प्राथमिक उपचार कुनै पनी बेला प्रयोगमा ल्याउन सकिने भएकाले पनी यस्ता प्रकारका तालिमको आवश्यक्ता रहेको डाक्टर केसिको भनाइ थियो । कतिपय स्थानमा प्राथमिक उपचारले पनी मानिसको जिबन बचाउन सहज हुने भएकाले पहिलो तालीमको प्राथमिकता प्रहरीलाई दिइएको हो । घटना र दुर्घटना मा पहिले प्रहरी पुग्ने भएकाले पनी प्रहरीको भुमिकामा स्वास्थसेवा समेत थप्ने अभ्यास गरेको बताइएको छ । केहि समय देखि संञ्चालन गरिदै आएको यस्तो कार्यक्रमले भबिष्यमा महत्वपुर्ण भुमिका खेल्ने छ । नोबेल मेडिकल कलेजले दिएको प्रशिक्षणमा सहभागी हुन मोरंग, सुनसरी झापाका ५२ जना प्रहरीको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia