३ भाद्र, इटहरी । पराेपकारी पत्रकारीता अन्तर्गत बिभिन्न समस्यामा परेका पिडितहरूकाे तत्काल उद्धारकालागि सुरू गरिएको अभियानले केही मात्रामा सफलता पाउन थालेकाे छ । पिडितहरूकाे घाउमा थाेरै भएपनि मलम लगाउने उद्येश्यले सुरू गरिएको पराेपकारी पत्रकारीताबाट संखुवासभा मादीका क्यान्सर पिडित गणेश भुजेलकाे उद्धार हुन थालेपछि यस अभियानले केही मात्रामा सफलता पाएकाे हाे ।
अार्थिक अवस्था कमजाेर रहेका पिडित भुजेलकाे बिषयमा पूर्वेली न्यूज र बेतना दैनिकले थालेका अभियानमा इनरूवा अनलार्इन, इताजाखबर, विगुल न्यूज, अाेएस नेपाल, काेशीखबर, न्यूज अभियान, सप्तकाेशी अनलार्इन लगायत अन्य अनलार्इन तथा छापा मिडियाहरूमा समाचार प्रसारण भएपछि उनलार्इ उपचारकालागि दाताहरूबाट रकम संकलन सुरू भएकाे थियाे । रकम संकलन अन्तर्गत पछिल्लाे समय प्रबासी भुजेल समाज कतारले पिडित भुजेललार्इ उपचारकाे निमित्त नेपाली २७ हजार ३ सय ६५ रूपैया अार्थिक सहयाेग गरेकाे छ । भुजेल समाज सेवा समिति नेपालका विदेश विभागीय सचिब तिर्सन घर्तीले उक्त रकम पिडित परिवारलार्इ हस्तानतरण गरेका थिए ।
याे भन्दा अघाडी पनि पूर्वेली मिडिया नेटवर्कले कार्यालय परिषरमा एक कार्यक्रमकाे अायाेजना गरी पिडित परिवारलार्इ देश तथा बिदेशबाट संकलन भएकाे सहयाेग रकम ३२ हजार ४ सय १५ रुपैँया हस्तानतरण गरीसकेकाे छ । साथै रकम संकलन हुने कार्य पनि जारी रहेकाे छ । चिउडाेमा निस्किएकाे सानाे घाउ बढेर क्यानसरकाे रूप लिएपछि संखुवासभाका भुजेल परिवार संकटमा परेकाे थियाे ।
चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेकाे पारिवारीक श्राेतले जनाएकाे छ ।उपचारकाे क्रममा उनकाे हालै चिउडाेकाे सफल सल्यकृया भैसकेकाे जानकारी प्राप्त भएकाे छ । सल्यकृया भएपनि अस्पतालमा थप उपचारकालागि रकम अपुग भएकाे भन्दै पिडित परिवारहरूले पुनःदाताहरूलार्इ अार्थिक सहयाेग जुटाइदिन बिनम्र अनुराेध गरेका छन । साथै याे अवस्था सम्म ल्याइ उपचारकालागि सहयाेग गर्नुहुने दाताहरूलार्इ पिडित परिवारले भगवानकाे संज्ञा दिदै धन्यवाद ज्ञापन समेत गरेका छन ।









