१२ भाद्र, इटहरी। सुरक्षित घर बाँस सबैलाई खेती योग्य जमिन जोताहा किशान लाई भन्ने नाराका साथ सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा सहभागिहरुले मोही हक दावी गर्ने समय बढाउनु पर्ने माग गरेका छन । राष्ट्रिय भुमि अधिकार मञ्चले आयोजना गरेको प्रदेश नम्वर १ का अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै बक्ताहरुले दर्तावाला मोहीहरुले विभिन्न कारणले तोकिएको समयमा मोहीयानी हक दावी गर्न नसकेको भन्दै छ महिना समय बढाउन माग गरेका हुन ।

दर्तावाला मोहीहरुलाई हक दावी गर्ने यही भाद्र ५ गतेको समय सिमा तोकिएकोमा विभिन्न कारणले हक दावी गर्न नसक्नेहरुलाई मध्यनजर गर्दै समय सिमा वढाउन कार्यक्रममा सहभागिहरुले नेपाल सरकारलाई आग्रह गरेका हुन । भुमिहिनहरुका लागि भुमि प्राप्ती लगायतका विषयहरुमा रणनिती योजना वनाउने उदेश्यले आयोजना गरिएको भनिएको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै राष्ट्रिय भुमिहिन मञ्चका अध्यक्ष ल्याम बहादुर दर्जीले सुकुम्वासी वस्तीहरुमा पनि विकासका योजनाहरु ल्याउन सरकारलाई आग्रह गरे । उनले मोहीयानि हक दावी गर्ने समय सिमा वढाउन भुमि सुधार मन्त्री लगायतका सरकारका जिम्मेवार अधिकारीहरुसंग कुराकानी भइरहेको समेत जानकारी दिए ।

 

मञ्च गठन गरेर विभिन्न समयमा आफुहरुका माग अघि सार्न थालेपछि मोहीयानी हक वापत मोहीहरुले ४ हजार देखि ४० लाख सम्म पाएको समते स्मरण गरे । कार्यक्रम भुमिहिनहरुका पक्षमा राष्ट्रिय भुमिहिन मञ्च प्रदेश नम्वर १का इञ्चार्ज बलवहादुर तामागं ,धनकुटाका पुर्व अध्यक्ष ठगेन्द्र अधिकारी , सुनसरीका शिवनारायण चौधरी , उदयपुरका जितवहादुर तामागं, ओखलढुगांका अमृत वस्नेत लगायतले बोलेका थिए । दुई दिन सम्म चल्ने प्रशिक्षणमा प्रदेश नम्वर १ का सवै जिल्लाबाट सहभागिता रहेको र भदौ २९ गते सम्म ७ वटै प्रदेशमा अगुवा कार्यकर्ता प्रशिक्षण गरिने मञ्चकी महासचिव सरस्वती सुव्बाले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia