२१ भाद्र, मोरङ। सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले बुधबार २ लाख ८० हजार बढीको भन्सार छलेको समान बरामद गरेको छ।

उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले विहान ८ बजे गस्ती गर्दे जाने क्रममा विराटनगर-१६ स्थित दरैया बस्तीबाट उक्त समान बरामद गरेको हो। बरामद सामनहरुमा रेडिमेट कपडा भाडावर्तन आदी रहेका छन्। भारतीय नम्बर बि आर ३१ ई १८८१ नम्बरको मोटरसाइकलमा लोड गरिएको उक्त सामान, मोटरसाइकल, ५ थान साइकल र तस्करीमा संलग्न दुई जनालाई समेत नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia