इनरुवा भाद्र २२/सुनसरीको इनरुवामा उराँव (कुडुख) जातिले राष्ट्रिय करम पूजा सम्पन्न गरेको छ । करम पूजालाई उराँव जातिले साँस्कृतिक महोत्सवका रुपमा मनाएका छन् ।


हिजो साँझबाट पूजा आरम्भ गरेका उनिहरुले आज खुल्ला मञ्चिय तथा साँस्कृतिक प्रर्दशनी गरी करम पुजा महोत्सव सम्पन्न गरेका हुन् ।कार्यक्रममा सहभागि हुन इनरुवा पुग्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले करम पुजाका अवसरमा सार्वजनिक विदाकालागि सरकारसँग छलफल गर्ने बताउनु भयो । सबै जातजातिको पहिचान र विविधतालाई मुलुकको नयाँ संविधानले अवलम्बन गरेकाले मूलुकको समृद्धि र बिकासका लागि धेरै समय कुर्नु नपर्ने नेता पौडेलले धारणा राख्नु भयो ।कार्यक्रममा भारत पश्चिम बंगालका सांसद दशरथ तिरकी सहित सुनसरीबाट सरकारमा प्रतिनिधित्व गर्ने सांसदहरु सिताराम मेहता र सूर्यदेव दास उराँव सहित प्रमुख जिल्ला अधिकारी गोपाल प्रसासद पराजुली लगायतको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia