इनरुवा/साविकको मधेशा गाविस वडा नम्वर २ इनरुवाकै पहिलो पूर्ण सरसफाई वातावरण मैत्री उन्मुख टोल घोषणा भएको हो । हाल इनरुवा नगरपालिकाको ६ नम्वर वडाको शुक्रबारे टोललाई प्राथमिक सूचकहरु पुरा गरेको आधारमा पूर्ण सरसफाई मैत्री घोषणा गरिएको हो । चर्पिको प्रयोग, साबुनपानीले हातधुने परिपाटी, सुरक्षित खाना, स्वस्थ्य पानी, घरआँगन सरसफाई र वातावरण मैत्री सरसफाई जस्ता सूचकलाई आधार मानिएको वडा सदस्य राजेश दाहालले बताए ।
वल्र्ड भिजन र यूथ क्रिएसनको सहकार्यमा इनरुवा नगरपालिका ६ नम्वर वडा कार्यालयले घोषणा कार्यक्रमको आयोजना गरेको थियो । वडाध्यक्ष कोषराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले घोषणा कार्यक्रमलाई कार्यान्वयनमा ल्याई दिगोपना दिलाउन जरुरी रहेको धारणा राखे ।सरसफाई मूल समितिका संयोजक दिनेश कोइरालाले टोलबाट सूरुवात भएको अभियानलाई वडासम्म बिस्तार गरी पूर्ण सरसफाई मैत्री वडा घोषणा गर्ने प्रतिवद्धता जनाए । इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना पोखरेलले सिङगो नगरलाईनै पूर्ण सरसफाई र वातावरण मैत्री बनाउन पहल भैरहेकाले सबै तह र तप्काको साथ र सहयोगको अपेक्षा गरिन् । यूथ क्रिएसनका कार्यक्रम संयोजक राजकुमार साहले सबैको साथ र सहयोग जारी रहे परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे ।








