काठमाडाैं । यातायात व्यवसायीले अनावश्यक माग राख्दै पूर्वसहमति विपरीत दसैंका लागि अग्रिम टिकट बुकिङ खुला थर्न आनाकानी गरेका छन् ।विभिन्न समितिमार्फत गैरकानुनी सिन्डिकेट चलाउँदै आएका व्यवसायीले दसैंको मुखमा टिकट बुकिङ खुलाउन आनाकानी गरको हुन् ।

सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी र यातायात व्यवसायीबीचको सर्वपक्षीय सहमति तोड्दै उनीहरुले बिहीबारदेखि सुरु गर्ने भनिएको अग्रिम बुकिङ नखोलेका हुन् ।व्यवसायीले बुकिङ नखुलाएपछि विभिन्न टिकट लिन पुगेका यात्रु निराश भएर फर्केका छन् । आजको नागरिक काष्ठमण्डपमा खबर छ ।

व्यवसायीका​ पाँच माग यस्ता छन् ।

-भाडा समायोजन हुनुपर्ने ।

-साविकका १४ वटै अञ्चलमा लामो दूरीका सवारी साधनको जाँचपास हुनुपर्ने ।

-सवारी साधनको छतमा सामान बोक्न पाउनुपर्ने ।

-सडकको मर्मत सम्भार गर्नुपर्ने ।

-सडकमा उद्धार उपकरण (रेस्क्यु मेसिन) राख्नुपर्ने ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia