३१ भाद्र, मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङ तथा लागूऔषध नियन्त्रण कानेपोखरीको संयुक्त आयोजनामा मोरङको कानेपोखरी गाउँपालिका-१ मा शनिबार सचेतनात्मक कार्यक्रम संपन्न गरेको छ।

विहान ११ बजेबाट सुरु भएको उक्त कार्यक्रममा कानेपोखरी गाउपालिका-१ होक्लाबारी स्थित श्री माध्यमिक विद्यालयमा पढ्ने ‌कक्षा ८, ९ र १० मा अध्यनरत १७५ जना बिद्यार्थीहरूलाई लागू औषधको परिचय, परिभाषा, लागू औषध दुर्ब्यसनी, कानूनी ब्यवस्था, लागू औषध प्रयोगबाट हुने असरहरू, दुर्व्यसनी नियन्त्रणका लागि परिवार, समाज र प्रहरीको भूमिका आदीका बरेमा जानकारी दिएको थियो।

कार्यक्रममा वडा अध्यक्ष, लागु औषध नियन्त्रण सल्लाहाकार, स्कुलका प्रधान अध्यापक, शिक्षक र अभिभावक समेतको उपस्थिती रहेको थियो। कार्यक्रमको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक बिष्णुहरी कोईरालाले सहजिकरण गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia