१ असोज, इनरुवा। हरेक वर्ष जस्तै यस वर्ष पनि आज हर्सोउल्लासका साथ विश्वकर्मा पूजा धुमधामका साथ पुर्वी नेपालमा पनिइनरुवा लगायत देशभरि नै मनाइदै छ । कर्मका देवताका रुपमा पुजा गरिने विश्वर्कमा बाबाको जन्म दिनका रुपमा हरेक वर्ष असोज १ गते विश्वर्माको पुजा गरिने गरिएको छ ।

विश्वर्कमा बाबालाई कर्मका उपासकको रुपमा लिइने भएको कारण फलाम र औजारका क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई महत्वपुर्ण दिनका रुपमा पुज्ने गर्दछन । विश्वर्कमा पुजामा फलामसंग सम्वन्धीत सवारी साधन , कलकारखानाहरुमा प्रयोग गरिने ज्यावल, मेशीनरी र दैनिक जीवनमा प्रयोग हुने फलामे सरसामानको पूजा गर्ने प्रचलन रहेको छख । आजको दिन विश्वकर्मा बाबाको पुजाआजा गरी आगामी दिनमा अझ वढी सफलताको कामना गर्ने गरेका छन । विश्वकर्मा बाबाको मन्दीर , आफुले प्रयोग गर्ने सवारी साधन , कलकारखाना , मेशीनरी आदिको पुजा गरी मनाइरहेका छन ।
विश्वर्कमा पुजाका अवसर पारेर आज सवारीका साधनहरुलाई बिहानै धोइपखाली गरी पुजा आजा गरिएको छ भने अन्य फलामसंग सम्वन्धीत कलकारखाना तथा औजारहरुको पनि पुजा आजा गरी सजाएर रंगीनबचगीं वनाएर संचालन गरी रहेको देखिन्छ । आजको दिन मेशीनरी ,सवारी साधन , कलकारखा आदिको पुजा गरीने भएको कारण पनि आजका दिन त्यती धेरै संचालन भएको पाइदैन । गाडी मर्मत संभार गर्ने ग्यारेज लगायत हरेक सानाठुला कारखानामा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । फलामसंग सम्वन्धीत काम गर्नेहरुले आजको दिन विश्वकर्मा बाबाको मुर्ति राखि पुजा गर्ने स्थल वनाउने र आजको दिन पुजाआजा गरिएको मूर्तिलाई भोलि बिहान नजिकैको खोला वा नदीमा लगी बिसर्जन गरेपछि विश्वकर्मा पूजा समापन हुने प्रचलन रहेको छ ।








