इनरुवा असोज ७ /नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इनरुवा ५ बलाहाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
२२ वर्ष अघि बहुउद्देश्यीय कृषि स्रोत परिचालन केन्द्रबाट कार्य आरम्भ गरेको सो संस्था २०५६ सालमा विधिवत रुपमा बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा दर्ता भई हाल नवयुव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाममा क्रियाशिल छ । संस्थामा हाल २ हजार ३५ जना शेयर सदस्य र २ वटा संस्था आवद्ध छन् ।

संस्थाको आर्थिक वर्ष २०७३।०७४को कूल शेयर पूँजि ३ करोड २८ लाख९३ हजार ८ सय कायम रहेको छ । बचत निक्षेप तर्फ मासिक बचत २०७४ आषढ मसान्त सम्म १ करोड ९४ लाख ४७ हजार २ सय ५६ रहँदा एच्छिक बचत ७ करोड १ लाख ४ सय ६ रुपैंया रहेको छ । संस्थाको दैनिक बचत तर्फ २०७४ आषाढ मसान्त सम्म १ करोड ६९ लाख १ हजार ६ सय १० रुपैंया बचत मौज्दात छ भने आवधिक बचत ४८ लाख मौज्दात रहेको साधारण सभामा जानकारी दिइयो ।
साधारण सभामा संस्थाका अध्यक्ष देवीप्रसाद पोखरेलले संचालक समितिको तर्फबाट नीति तथा कार्यक्रमबारे प्रतिवेदन सार्वजनिक गरेका थिए । संस्थाले साधारणसभाको अवसरमा विभिन्न विधाका उत्कृष्टहरुलाई सम्मान समेत गरेको प्रवन्धक दिलीपकुमार पोखरेलले बताए । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता लगायतकाले शुभकामना मनतब्य सहित सहकारी संस्थाले पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।








