१७असोज, राजविराज दिलिप साह। प्रसिद्ध छिन्नमस्ता शक्तिपिठमा यस वर्ष पाँच हजार छ सय खसी बोकाको बली प्रदान भएको मन्दिर संरक्षण सम्वद्र्धन समितिका कावा अध्यक्ष राम नारायण यादव रामबाबुले जानकारी दिनुभयो ।
गतवर्ष मधेशमा जारी मधेश आन्दोलनका कारणले श्रद्धालु भक्तजनहरुको संख्यामा कमि आएपनि यस वर्ष मन्दिरमा करिब १५ लाखको हाराहारीमा श्रद्धालु भक्तजनहरुले दर्शन एवं पुजा आजा गरेको जानकारी दिनुभयो । मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुका लागि व्यापक मात्रामा सशस्त्र तथा जनपद प्रहरी परिचालन गर्नुका साथै मन्दिर परिसरमा आठ वटा सिसी क्यामरा समेत जडान गरेको थियो ।
भारत बिहारको वीरपुर, फारबीसगंज, पटना सहित नेपालका सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा, सर्लाही, झापा लगायतका जिल्लाका श्रद्धालुहरुले पुजापाठकालागि आएको मन्दिर विकास समितिले जनाएको छ ।









