नेपालगन्ज । अवैध रुपमा भित्रिने भारतीय दूधका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । गुणस्तर जाँचबिनै दैनिक करिब एक हजार लिटर दूध भारतबाट नेपाल आउने गरेको छ । भारतीय दूधको अवैध आयातले नेपाली व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष बदरुद्दिन अन्सारीले बताए ।

उनले भने,-हाम्रा उद्योग धरासायी बनेको छ । -पशु हेटक्वारेन्टइन कार्यालयका अनुसार प्रत्येक दिन रुपौडिया नाकाबाट नौ सय ५० लिटर दूध नेपाल आउने गरेको छ । -सहायक नाकाबाट पनि दुई देखि तीनसय लिटर दूध भारतबाट नेपालगन्जलगायत बाँकेका अन्य साना सहरमा पुग्ने गरेको छ ।

भारत सरकारले पशुपालक कृषकलाई विभिन्न किसिमका सहुलियत दिने भएकाले भारतीय कृषकले उत्पादन गरेको दूधको मूल्य सस्तो हुने गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia