राैतहट। पप्पु कन्स्ट्रक्सनले रौतहटको लालबकैयामा दुई वर्षअघि निर्माण गरेको पुल फेरि भासिएको छ ।पप्पुले नै बनाएको बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल भाँचिएको विषयमा जिम्मेवारी नलिँदै अर्को पुल भासिएको छ ।
यो कम्पनीले आफूले हस्तन्तरण गरिसकेकाले पुनर्निर्माण नगर्ने र सडक विभागले भने निर्माण गर्नै पर्ने भनेपछि यो पुल कसले निर्माण गर्ने भन्नेमा विवाद सिर्जना भएको छ । पप्पुले आफूले यो पुल पुनर्निर्माण गर्नु नपर्ने दाबी गरिरहेको छ भने सडक विभागले पुनः मर्मत नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
लालबैयाको पुल भदौको बाढीकै बेला भासिए पनि स्थलगत अध्ययन ढिलो हुँदा एउटा स्पान दबिएको जानकारी हालै मात्र प्राप्त भएको हो । सडक विभागको टोलीले स्थलगत अध्ययन गरी कसको कमजोरीले पुल दबेको हो भन्ने निष्कर्ष निकाल्न बाँकी रहेको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।








