काठमाण्डाै । अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि चिनी आयात बढेको छ ।यसले नेपालको उखु किसान र उद्योग समस्यामा पर्ने भएका छन् । सरकारले चिनीको आयातमा भन्सार महसुल नबढाए नजिकै आइरहेको क्रसिङ सिजनमा उखुको भाउ नपाउने निश्चित छ ।चिनी उत्पादक संघका उपाध्यक्ष राजेश केडियाले भने,स्थानीय उद्योगले ६० रुपैयाँमा चिनी बेच्नुपर्यो भने, किसानलाई पोहोर दिइएको उखुको मोल (क्विन्टलको ५३१ रुपैयाँ) दिन सकिदैन ।नेपाली उद्योगले आयातित चिनीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।केही महिनाअघि साल्ट ट्रेडिङले टनको पाँच सय ९८ डलरको भाउमा चिनी आयात गरेको थियो ।

अहिले अन्तराष्ट्रिय भाउ तीन सय ९० को हाराहारीमा झरिसकेको छ । यो भाउमा चिनी आयात गर्दा यहाँ भित्र्याउँदासम्म आयातकर्ताको लागत किलोको ६० रुपैयाँ पर्न आउँछ ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia