१२ कात्तिक, इनरुवा। जिल्ला तहमा प्रदान हुँदै आएका स्वास्थ्य सेवा र त्यसको प्रभावकारिता बारेमा अध्ययन गर्न पूर्व झरेको एक अध्ययन टोलीले इनरुवामा सरोकारवालाहरुसँग भेटी वस्तुगत अवस्था बारे जानकारी बटुलेको छ । नेपाल सरकारसँगको समन्वयमा रही रेस्फेक काठमाण्डौं नामक संस्थाले जिल्लागत तवरले स्वास्थ्य सेवाको प्रवाह र प्रभावकारिताबारे अध्ययन गरिरहेको छ ।


एचआरटीसी इनरुवाले आयोजना गरेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतमले जिल्लाका सबै तहमा रहेका स्वास्थ्य संस्थाहरुको कार्यसम्पादन र सेवा प्रवाह प्रभावकारी रहेको जानकारी गराउनु भयो । औषधोपचार, निःशुल्क सेवामा सर्वसाधारणको पहुँच र आमा सुरक्षा जस्ता कार्यक्रमका सवालमा जिल्लागत अवस्थाको चित्रण सहितको सङकलित विवरणका आधारमा स्वास्थ्य सेवाको प्रभावकारिता र चालिनु पर्ने कदमबारेको सुझाव नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा पेश गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia