धरान । अंग्रेजी भाषाका शिक्षकहरुको संगठन नेल्टाको सुनसरी जिल्ला कार्यसमिति चयन गरिएको छ । रविन बरालको अध्यक्षतामा शनिबार नयाँ समिति बनेको हो । समितिको उपाध्यक्षमा गोविन्द पुरी, सचीवमा साजन चौधरी, सहसचीवमा तीर्थ कार्की, कोषाध्यक्षमा सुचीता पोख्रेल चयन भएका छन् ।

सदस्यहरुमा विजया प्याकुरेल, रमेश दाहाल, युवराज सुवेदी, चन्द्रकला खनाल, कुमार सुवेदी, उमेश यादव छन् । धरानमा भएको प्रदेश १ स्तरीय सम्मेलनमा जिल्ला समिति पुनर्गठन गरिएको थियो । दुई दिने सम्मेलनमा प्रदेश १ बाट चार सय बढी शिक्षकहरु सहभागि थिए । सम्मेलन शनिबार सकिएको छ ।

कार्यक्रममा बोल्दै क्षेत्रीय शिक्षा निर्देशक भोजराज शर्मा काफ्लेले अंग्रेजी भाषा सिकाइमा समस्या रहेको र त्यसको समाधानको लागि गरिएको प्रयासको सह्रना गरेका थिए । कार्यक्रममा काठमाडौ युनिभर्सिटीको शिक्षा संकायका प्रमुख प्रोफेसर डाक्टर जयराज अवस्थी, अमेरिकी राज्य विभागका क्षेत्रीय अंग्रेजी भाषा प्रमुख डा. डेनिस याङ ताओ, अंग्रेजी विषयका प्रोफेसर डा. विष्णुसिंह राई, साहित्यकार तथा प्रोफेसर डाक्टर अभि सुवेदी, काठमाडौ युनिभर्सिटिका एसोसिएट प्रोफेसर लक्ष्मण ज्ञवाली, ब्रिटिस काउन्सिल नेपालकी प्रमुख रोहना ब्राउन, प्याब्सनका सुनसरी अध्यक्ष सुमित थापालगायत सहभागि थिए ।

कार्यक्रममा अंग्रेजी भाषाका नयाँ आयामको विषयमा चर्चा गरिएको थियो भने भाषा सिकाइका विभिन्न तरिकाहरुका विषयमा प्रशिक्षणसमेत दिइएको थियो । तालिमले सहभागि शिक्षकहरुको स्तर विकास गर्ने विश्वास नेल्टा सुनसरी अध्यक्ष केशवप्रसाद भट्टराईले व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia