संसारभर विश्व एड्स दिवसको अवसरमा यस घातक रोगबाट बच्नका लागि सचेतना अभियानहरु सञ्चालन हुने गर्छन् । तर, थाइल्याण्डमा भने यसको अवसरमा एक सुन्दरी प्रतियोगिता हुने गरेको छ । उक्त सुन्दरी प्रतियोगिताको नाम हो ‘मिस कंडम’ । यस विवादित प्रतियोगितामा युवतीहरुलाई कंडम फुक्न लगाइन्छ ।

आयोजक संस्थाका अनुसार प्रतियोगिताको माध्यमबाट थाइल्याण्डमा सुरक्षित यौनसम्पर्कका लागि जागरुकता अभियान चलाइन्छ । यद्यपी सार्वजनिक स्थानमा र्‍याली निकालेर हुने यो प्रतियोगिताको मानिसहरुले खुलेर आलोचना गर्दै आएका छन् । चर्को आलोचनाका बीच यो हरेक वर्ष सम्पन्न हुँदै आएको छ । यस प्रतियोगितामा चार देशका लगभग २० मोडलहरुले भाग लिने गर्छन् । विजेता मोडललाई ‘मिस कंडम’को उपाधि दिइन्छ । प्रतिस्पर्धाअघि नै केही चर्चित स्थानहरुमा र्‍याली निकालेर कंडमको प्रयोग र यौन रोगहरुबारे जानकारी दिइन्छ । साथै मानिसहरुलाई निशुल्क कडंम पनि वितरण गरिन्छ । नाचगानका साथै र्‍याली निकालेर मानिसहरु यसलाई चाडका रुपमा मनाउँछन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia