१८ मंसिर, काठमाडौं। दुव्ला युवायुवती विवाहपछि मोटाउने गरेको देखिन्छ । विवाहपछि किन मोटाउछन् त युवायुवतीहरु ? यसबारे धेरै थरीका धारणा सार्वजनिक भएका छन् । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसारविवाहपछि थुप्रै महिला र पुरुषको तौल तीब्रगतिमा बृद्धि भएको बताइएको छ ।त्यस्तै अर्को एक अध्ययनका अनुसार विवाहको ५ वर्षभित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलोसम्म बढेको दावी गरिएको छ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली

तौल बढ्नुको यस्ता छन् कारण:

१. हर्मोनल चेन्ज:
विवाह पछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरिरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ। यो तौल बढाउनका लागि जिम्मेवार हुनसक्छ।

२. निन्द्रा नपुग्नु:
विवाह पछि व्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरु पर्याप्त निदाउन पाउँदैनन्। अध्ययनका अनुसार दैनिक ७(८ घण्टा राम्रोसँग नसुत्दा शरिरको मेटाबोलिजम कम हुने गर्दछ जसले तौल बढ्ने गर्दछ।

३. तनाव:
विवाह पछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरु तनावमा हुन्छन्। यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढ्ने गर्दछ।

४. सोचमा परिवर्तन:
मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ।

५. दैनिकीमा परिवर्तन:
एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ।

६.उमेरको असर:
आजकाल धेरैजसो मानिस २८-३० वर्षमा सेटल भएपछि विवाह गर्दछन्। जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरिरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ।

७.आउटिंग:
विवाह पछि हनिमुन जाँदा बाहिरको खाना साधारण हुन्छ। यसका साथै धेरैजसो जोडी विकेन्ड र आउटिंग भन्दै बाहिर खाना खान रुचाउँछन्। यी हाइ क्यालोरी खाना तौल बढाउनको लागि जिम्मेवार हुन्छन्।

८. यौंन सन्तुष्टि:  युवा अवस्थामा प्रवेश गरेसँगै हरेक युवायुवतीलाई यौंन चाहानाले सताउने गर्छ । सेक्स जीवनको एउटा महत्वपूर्ण पाटो हो । विवाहपछि यो पूरा हुन्छ । र सन्तुष्टी पनि । जसले गर्दा यसबाट उत्पन्न हुने हार्मोनले तौल बृछि हुन्छ ।

९. डाइटमा परिवर्तन:
विवाह पछि आफन्तकोमा जानु पर्ने रितिरिवाज हुन्छ जहाँ धेरैजसो हेभी खाना हुने गर्दछ । धेरै जोडीको खाना खानको लागि निश्चित समय पनि हुँदैन। यसले तौल बढ्छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia