ओप्पोले कालो रङ्गमा ६ जिबी र्यामयुक्त एफफाइभ फोन बजारमा ल्याएको छ। कालो रङ्गमा सार्वजनिक गरिएको एफफाइभ ६ जिबीको मूल्य ४४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ। ओप्पो एफफाइभ यूथ २७ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ। ओप्पो एफफाइभ यूथ भने मंसिर २२ देखि नेपाली बजारमा उपलब्ध हुनेछ। ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले फ्ल्यागशिप मोडल एफफाइभका लागि ग्राहक तथा सरोकारवालाबाट राम्रो प्रतिक्रिया पाएको दावी गरे।

६ जिबी र्यामयुक्त फोनमा ६४ जिबी रोमसहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको छ। पर्याप्त सञ्चय क्षमता भएको, प्रयोगकर्तालाई सहज अनुभूति प्रदान गर्नुका साथै स्टाइलिश तथा फेशनेवलयुक्त रहेको कम्पनीको भनाइ छ। ब्राण्डकै पहिलो एआई ब्यूटिफिकेशन प्रविधिको प्रयोग यसमा गरिएको छ। जुन प्रविधिले मुहारको ग्लोबल डाटाबेस मार्फत फेसियल फिचर्स, आकार प्रकार, स्किन टोन तथा टाइप, लिंग, उमेर लगायत आधारमा फरक छुट्याएर ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउँछ।

फोनमा ६ ईञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ। साथै यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृष्यको मज्जा प्रदान गर्छ। मिड रेञ्ज्ड स्मार्टफोनमा कम्प्याक्ट बडी र अत्यन्त पातलो फ्रेमसहित स्पष्ट तथा जीवन्त दृष्य सम्प्रेषण गर्ने कम्पनीले जनाएको छ। ओप्पो एफफाइभ यूथमा १६ एमपी सेल्फी क्यामेरा (एफ/२.०) र १३ एमपी रियर क्यामेरा जडान गरिएको छ। २१६०* १०८० रिजोल्यूशन (एफएचडी), ६ ईञ्च फुल–स्क्रिनले उपभोक्तालाई उत्कृष्ट दृष्य तथा मोबाइल सेल्फी अनुभव प्रदान गर्छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia