४ पौष, झापा। झापाको दमकमा रहेको गायत्री विद्या पीठमा अध्यनरत १४ वर्षीया छात्रामाथि विद्यालयका शिक्षकले मरणासन्न हुनेगरी पिटेको भन्दै छात्राका परिवारले प्रहरीमा उजुरी गरेका छन् । दमक–५ निवासी छात्रा कुसुम निरौलालाई विद्यालयका कम्प्युटर पढाउने शिक्षक प्रणय दूधराजले मरणासन्न हुनेगरी पिटेपछि परिवारले विद्यालयविरुद्ध उजुरी जहेरी गरेका हुन् । गत मंसिर २७ गते विद्यालयमा सोधेको प्रश्नको जफाव नदिँदा शिक्षकले पिटेको विद्यार्थीका बुबा अच्युत निरौलाले बताए । विद्यार्थीलाई शिक्षकले यसरी पिटेपछि विद्यार्थीका परिवारले पीडित विद्यार्थीलाई उपचारका लागि लाइफ लाइन, सिलगुडी र बिर्तामोडको बि एन्ड सी अस्पतालमा समेत राखेको विद्यार्थीकी आमा स्वस्तीका निरौलाले पत्रकार सम्मेलन गरेर बताएकी छिन् । विद्यालयकी सञ्चालिका पारिजात श्रेष्ठले गल्ती स्वीकार गर्दै पीडित विद्यार्थी कुसुमको आवश्यक उपचार सहित सबै कामको जिम्मा लिने प्रतिबद्धता जनाएकी छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पाठ्यपुस्तकबाहेक किताब किन्न बाध्य नपार्न निर्देशन
इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र ज...
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...
धरानमा दुई राउण्ड हवाई फायर गरी २०९ किलो गाँजासहित पाँच जना पक्राउ
सुनसरीको धरान उप-महानगरपालिका–२० च्यान डाँडाबाट प्रहरीले २ राउण्ड हवाई फायर गरी करिब २०९.४२ किलोग्राम लागूऔषध गाँजा र दु...
सम्बन्धन नलिएका संस्थाबाट तालिम सञ्चालन नगराउन सुनसरीका सबै स्थानीय तहलाई VSTPA को आग्रह
इनरुवा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन/स्वीकृति नलिएका संस्थाले सीपमूलक तालिम सञ्चाल...








