६ पौष, काठमाडौ। पौष १९ देखि तारा एयरले भोजपुर काठमाडौ उडान भर्ने भएको छ । ताराले  हप्तामा एक पटक उडान गर्ने भएको हो । भोजपुरको विकास र पर्यटनलाई मध्यनजर गर्दै ताराले भोजपुरको एयरपोर्ट कालोपत्रे भएपछि पहिलो पटक उडान गर्न लागेको हो ।‘अहिले तत्कालको लागि हप्ताको एक उडान हुने भएको छ’ लालुपाते ट्राभल्सका कार्यकारी अध्यक्ष रोशन श्रेष्ठले बताए। हालको लागि तारा एयरको टिकट प्रतिव्यक्ति ४ हजार ८ सय ६५ रुपैेया कायम गरिएको जनाएको छ । यसरी नै नीजि क्षेत्रका वायुसेवा कम्पनीका जहाजहरु भोजपुरमा थपिदै जाने हो भने भोजपुरको पर्यटन विकासमा टेवा पुग्ने जानकारहरुको भनाइ रहेको छ । भोजपुरमा हाल नेपाल वायुसेवा कम्पनीका जहाजले हप्ताको ४ पटक काठमाडौ र २ पटक विराटनगर उडान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia