१० पौष, मोरङ। मोरङको तराई क्षेत्रमा जाडोयाम शुरु भएसंगै भक्काको व्यपार बढेको छ । मंसिर, पुस, र माघ महिनामात्र भक्काको ब्यापार बढी हुने ब्यापारीहरु बताउँछन् । उनीहरु तीन महिना भक्का बेचेर आफ्नो जिविकोपार्जन गर्ने गरेका छन । बिहानको समयमा रंगेली बसपार्क ,मुख्य बजार, अस्पताल चोक लगायत जिल्लाका बिभिन्न स्थानहरुमा मधेसी समुदायका महिलाहरुले चामललाई दिनभरी भिजाएर साँझको समयमा ओखली, बाट कुटेर पिठो बनाएर भक्का बनाउने गरिन्छ । त्यसैगरी उक्त पिठोलाई पानीको भाफमा तयारी पारेर बिक्रीवितरण गर्ने गर्छन् ।
महिला ब्यपारीहरु अहिले बिहानै ५ बजे देखि १० बजे सम्म ५ देखि ८ केजि सम्मको पिठोको भक्का व्यापार हुने गरेको छ । रंगेलीका ६० बर्षिया चाँदनी मण्डलले दैनिकी ४ सय देखि ५ सय रुपैयाँसम्म कमाउने गरेको उनी बताउँछिन् । बिहानको समयमा भक्कालाई नास्ता को रुपमा सर्वसाधारणहरुले अत्याधिक रुपमा मन मनपराउने गरेको उनी बताउँछिन् ।









