१२ पुष, इनरुवा। सामुदायिक बिकास कार्यक्रम मार्फत सुनसरीमा गठित नागरिक सचेतना केन्द्रसँग आवद्ध विपन्न समुदायका महिलाहरुकालागि ७२ लाख अनुदान रकम बितरण गरेको छ । २ सय ५५ वटा नागरिक सचेतना केन्द्र मध्येबाट ५२ हप्ते कक्षा संचालन पश्चात आवश्यक मापन पुरा गरेका ७२ वटा सचेतना केन्द्रलाई उक्त अनुदान रकम वितरण गरिएको हो ।

परिपक्कता मापन तथा व्यावसायिक योजना छनौटका आधारमा प्रत्येक नागरिक सचेतना केन्द्रकालागि नगद १ लाखका दरले अनुदान रकम उपलब्ध गराइएको आरआरएन कार्यक्रम संयोजक सरस्वती कोइरालाले बताइन् । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक विकास कार्यक्रम सिडिपी-आरआरएन सुनसरीले मार्फत सचेतना केन्द्रमा आवद्ध महिला सदस्यहरुको शशक्तिकरण र जिविकोपार्जनकागि अनुदान रकम दिलाइएको कोइरालाको भनाई छ ।  बाँकी रहेका अन्य नागरिक सचेतना केन्द्रहरुका हकमा आगामी चैत्र महिना भित्र १ करोड ८३ लाख अनुदान वितरण गरिने संस्थाले जनाएको छ । सामूदायिक बिकास कार्यक्रम सुनसरीको हालको कोशी, देवानगंज, हरिनगरा, बर्जु र गढी गाउँपालिका सहित इनरुवा र बराह नगरपालिकाका वडाहरुमा संचालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia