१३ पौष, काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । १ पुसमा २.८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ३.६ रेकर्ड भएको हाे । काठमाडाैंमा मापन भएकाे पुस १ को तापक्रम याे वर्षकै कम हो । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जानकारी दिँदै काठमाडौंको तापक्रम ३.६ रेकर्ड भएको जनाएको छ ।

तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने क्रम जारी छ भने मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु ‘हाइ क्लाउड’ प्रवेश गरेकाले चिसो बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताइन् । ‘मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु प्रवेश गरेकाले चिसो बढ्ने सम्भावना छ,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia