रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको वडा नं. ३ का करिब १४ वर्षिया नाबालिक बालात्कृत भएकी खबर भएर प्राप्त भएको छ । दुई साता अगाडि आफनै घरमा बेलुकीको समयमा बसी रहेकी नाम परिर्वतन गरिएको सिता कुमारीलाई सोही वडामा कार्यरत प्राविधिक सहायक शम्भु यादवले जबरदस्ती करणी गरेको पिडितका आमा लाखपतिया देवीले रिपोर्टस कलब गौरमा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएकी छिन् ।

कुमारीको घरमा आमा नभएको बेला प्राविधिक यादवले मौका छोपी जबरदस्ती करणी गरेको आमा लखपतियाले आरोप लगाएकी छिन् । उनका उनसार प्रास यादव आफनो छोरी भन्दा करिव २५ वर्ष बढी उमेरको भएका र निजले सरकारी पदीय दुरुपयोग गर्दै यस्तो कार्य गरेमा आफुहरु अति नै दुखदाई रहेको समेत बताईन् । छोरी बल्तकार पछि आफुहरुले आरोपी यादवमाथि कार्यवाहीका लागि अस्पताल चेकजाँच गराई प्रक्रिया अगाडि बढाएकै बेला पिडित छोरीलाई प्रास यादवले घरबाट भगाई लगेको गुनासो पोखेकी छिन् । बलत्कारको घटना दर्ता प्रहरीले गरे पनि छोरीलाई भगाएको आरोपबारे प्रहरीमा उजुरी दिदा प्रहरीले उजुरी दर्ता नगरेको आरोप समेत लगाएकी छिन् ।

यसै विच स्थानिय जय प्रकाश साहले केही दिन अगाडि सिताले आफुले निजलाई बलत्कार गरेको आरोप लगाए पनि आफुलाई त्यस कार्यमा संलगन नगरेको र आफनो चरित्र हत्या गर्न खोजिकएको बताएका छन् । अर्का तर्फ केही दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत सिताले आफुलाई आमाले जय प्रकाश र आफना ज्वाईसंग मिलि भारत बेच्न खोजेको जानकारी गराएकी थिईन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia