१३ पुस, वीरगञ्ज। पर्सा प्रहरीले ४८ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर बस्ने ३० वर्षीय शर्माप्रसाद कलवार र उसको कान्छो भाई २७ वर्षीय गम्भीरा साह कलवारलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई गाँजासहित सार्वजनिक गरेको थियो । शर्मा प्रसादको कोठाबाट २३ किलोग्राम गाँजा, स्ट्यापलर, कैची लगायतका समान र गम्भीराको कोठाबाट २५ किलोग्राम गाँजा, ढक तराजु लगायतका समान बरामद गरेको प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।

गत पुस १० गते सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक जीवन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुको घरमा छापा मारेको थियो । उनीहरु विरुद्ध अदालतबाट लागुऔषध मुद्धामा ४ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।प्रारम्भिक अनुसन्धानमा शर्माले आफूले गाँजा किनेर ल्याएर भाईको कोठामा समेत राखेको तथ्य खुल्न आएको प्रहरी उपरीक्षक रेग्मीले बताए । ‘उसले कारोबारीसँग २० हजारमा किनेर ल्याएको रहेछ, ८० हजारमा बिक्री गर्ने सोचमा रहेछन् ।’ प्रहरी उपरीक्षक डा. रेग्मीले भने ‘घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।’ प्रहरीले तीन जनालाई पक्राउ गरेर ल्याएको भएपनि रकमको चलखेलमा १ जनालाई छोडेको चर्चा छ ।

प्रहरीले उनीहरुसँगै पक्राउ परेका प्रेम प्रसाद कलवारलाई मंगलबार राति नै छाडेको हो । प्रहरीले भने उनी निर्दोष देखिएकोले छोडेको दावी गरेको छ । प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले पत्रकार सम्मेनलमा आफू जिल्ला बाहिर रहेको भएपनि सबै जानकारी आफूलाई रहेको र आर्थिक चलखेल नभएको दावी गरे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia