इटहरी। हेल्पिङ युथ इटहरीको रोहवरमा विश्वकर्मा ग्रुपले भौतिक तथा शैक्षिक सामाग्री वितरण गर्ने भएको छ । हेल्पिङ युथ इटहरीले पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वकर्मा ग्रुपले वाणिज्य मन्त्री मिन विश्वकर्माको प्रमुख आतिथ्यतामा इटहरी ७ मा रहेको सरस्वती आधारभुत विद्यालयमा भौतिक तथा शैक्षिक सामाग्रि वितरण गर्न लागेको जानकारी दिएको छ ।
ग्रुपले विपन्न वर्गका ७५ जना विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री र विद्यालयमा आवश्यक पर्ने मिनी पुस्तकालय, सुसंख्या प्रयोगशाला, खानेपानीको व्यवस्थापन, सरस्वतीको मुर्ती र शिलालेख उपलब्ध गराउने हेल्पिङ युथका कार्यक्रम संयोजक सुजित विश्वकर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । सरस्वती आधारभुत विद्यालयलाई दोश्रो स्व.मनमाया विश्वकर्मा कार्यक्रम अन्तर्गत आगामी पुष २० गते विहिबारका दिन एक कार्यक्रमका बिच हस्तान्तरण गर्ने बताइएको छ । सो विद्यालयमा विपन्न वर्गका विद्यार्थीहरु मात्र अध्ययनरत रहेकोले उक्त विद्यालय छनौटमा परेको युथका अध्यक्ष विकल पौडेलले बताए ।









