१५ पौष, बिराटनगर। एनसेलले शनिवार विराटनगरको हाटखोलामा आयोजना गरेको एनसेल मेला २०७४ मा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुदै खुसियाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्ने मुल उदेश्यका साथ आयोजना गरेको यो मेलामा दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका थिए ।

विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण एनसेल मेला बिहान ११ बजे शुरु भएको थियो । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, फोरजी थिममा आधारित गेम स्टलहरु, जुनियर सिङगिङ्ग आइडल, किडस् जोन, फेसबुक ट्यागिङ् र फुड स्टलहरुले मेलाका विषेश बनाएको थियो । मेलामा रहेको एनसेल फोरजी जोनमा आगन्तुकहरुले दु्रतगतिको नयाँ सेवा फोरजी इन्टरनेट चलाएर टेष्ट गर्न सकिने र मेला स्थलबाट नै फोरजी सिम लिन सकिने व्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia